बुढानीलकण्ठ बँदेलीमा अखाद्य बस्तु हाली मह उत्पादन गर्ने कम्पनिमा सिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८०, मंगलवार ०६:३१

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका वडा नं २ बँदेलीमा रहेकाे गार्डेन एपिएरी उद्याेग प्रालिले अखाद्य बस्तु हाली मह उत्पादन गरेर बिक्री वितरण गरेकाे पाइएकाे छ ।

बुढानीलकण्ठ वडा नं. २ बस्ने पवन सत्यालले संचालन गरेको साे उद्याेगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएकाे थियाे ।

गाेप्य सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट परिचालित प्रहरी टोली र स्थानिय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा अबैध मह र अबैध मह उत्पादन गर्ने कच्चा पदार्थ फेला परेको थियो।

अवैध काम गरेकाे भेटिएपछि संचालक बर्ष ५९ को पवन सत्याललाई प्रहरीले नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिहरुको रोहबरमा कम्पनी सिल गरिएको छ।  अनुसन्धानको कार्य भईरहेको साथै नमुना परिक्षणको लागि र आवश्यक कारवाहीका लागि प्रहरी बृत महाराजगंज पठाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१