रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएन, शुक्रबार के गर्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८०, मंगलवार ०६:२१

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले त्यसबारेमा ठोस निर्णय लिन सकेन । पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको भोलिपल्टै बसेको बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्नेबारे छलफल भएको थियो ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे आगामी शुक्रबारमात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री दाहालसँग नियमित सम्पर्कमा रहेका सभापति लामिछाने आफूहरुले पाएको मन्त्रालय पाए सरकारमा सहभागी हुने विचारमा छन् ।

रास्वपाले सरकारका न्यूनतम साझा कार्यक्रममा आफूहरुले अघि सारेका कुरा पनि समेटिनुपर्नेमा जोड दिएको छ । उता, प्रधानमन्त्री दाहालले पनि रास्वपा सरकारमा सहभागी हुनेबारे आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् । यो बीचमा रविले प्रधानमन्त्री दाहालसँग सरकारमा सहभागिताको विषयलाई लिएर पूनः छलफल गर्ने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१