एसवाई प्यानल नेपाल र एसवाई बजार द्वारा हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद सहयोग

evccfn@gmail.com' rastriyakhabar
१८ बैशाख २०८०, सोमबार २०:१४

काठमाडौं । सबै ब्यवसायीक कम्पनिहरु नाफा कमाउनकोलागिनै खोलिएका हुन्छन् तर कतिपय कम्पनिहरुले आफुलेकमाएको नाफाको केही प्रतिशत सामाजिक सेवामा लगानि गरेका हुन्छन् यसै अन्तरगत ५० जना वृद्ध÷वृद्धाहरु आश्रृत काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई एसवाई प्यानल नेपाल र एसवाई बजारले खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ ।
एसवाई प्यानल र एसवाई बजारले गोंगबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्दै खाद्य सामग्री र नगद हस्तान्तरण गरेका हुन् । एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद रु. ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए ।
वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्नेसमन्वयकर्ता सरला पन्तले बताइन् ।
समन्वयकर्ता पन्तले भनिन्, ‘आज एसवाई प्यानल र एसवाई बजारबाट जुन मूल्यको सामग्री र नगद पायौँ, यति धेरै हामीले आजसम्म कोही कसैबाट पाएका थिएनौँ, यहाँहरुप्रति हिमालय वृद्धाश्रमको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ, आगामी दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौँ ।’
एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो ।
साथै प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत निर्देशक साहले जानकारी दिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१