प्रदिप राई/ क्वालालम्पुर मलेसिया । हस्पिटल लाने क्रममा एक नेपालीको बाटो मै निधन भएका छन् । भोजपुर जिल्ला होताङ – ४ लुङकुवा घर भएका २१ वषिर्य लोक बहादुर राईको गत अक्टुबर १८ तारिक लामो बिरामको बाबजुद हस्पिटल लाने क्रममा बाटामै निधन भएको हो । दुई बर्ष अगाडी मात्रै रोजगारीको लागी मलेसिया आएका राई पलाङी दमनसरामा DURA SECUTIRY FORCE मा अबैधानिक रुपमा कार्यरत रहेको थिए । बिरामले धेरै नै च्यापे पस्छात १८ तारिक दिउसो २ बजे साथीको शाहअोगमा हस्पिटल लागेका थिए।
मृतक राई लाई बिरामले च्यापे पस्छात काम बाट पनि निकाली दिएको थियो । राईको शब नेपाल पठाउन लाई आर्थिक अभाबको कारण सुङाई बुलोह हस्पिटलमा राखेको जसराज राईले जानकारी दिनु भयो।
शब नेपाल पठाउनका लागी आवश्यक प्रक्रिया भई रहेको र रकम धेरै लाग्ने भएकोले सम्पूर्ण नेपाली मनहरूमा आर्थिक सहयोगको गरी दिनु हुन अनुरोध गरेका छौ।
तपाई हाम्रो सहयोगले उसलाई स्वादेशको एक मुठ्ठी माटो मिलोस र मृत आत्माले शान्ति पाओस ।
सम्पर्क नं –
०१६२७०५४३१ सबिन साम्पाङ्ग,
०१६६५६१४९० चन्द्र कुमार राई
PUBLIC BANK-4674423613 चन्द्र कुमार राई
प्रतिक्रिया