प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८०, आईतवार ०५:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रतिक्रिया