भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८०, आईतवार ०५:२८

काठमाडौं । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका थिए। कोइरीलाई पक्राउ नगरी त्यतिकै जान दिएपछि गृहमन्त्री लामिछानेको आलोचना भएको थियो। त्यसपछि कोइरीलाई गिरफ्तार गर्न लामिछानेले प्रहरीलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए।

कोइरी भारत गएको थाहा पाएपछि नेपाल प्रहरीले उनलाई निगरानी गर्दै पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेको थियो। हत्या अभियोगमा अदालतबाट दोषी ठहरिएका कोइरी भारतमा भएकाले गिरफ्तार गरिदिन भारतीय पक्षलाई नेपाल प्रहरीले आग्रह गरेको थियो।

हत्या अभियोगमा अदालतबाट दोषी करार एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

भारतीय प्रहरीको वाराणसी स्पेसल टास्क फोर्स (एसटिएफ) ले उनलाई पक्राउ गरेपछि तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए। त्यतिबेला लामिछाने सशस्त्र प्रहरी बलको वार्षिकोत्सव कार्यक्रममा भाग लिन हल्चोक पुगेका थिए।

कोइरीले भारतीय प्रहरीलाई आफू राजनीतिक व्यक्ति रहेको र मधेसका निम्ति क्रियाशील रहेको बताउँदै आफ्नो उद्देश्य भारतलाई समेत सहयोग गर्ने रहेको भनेपछि त्यहाँको प्रहरीले उनलाई नेपाल प्रहरीका प्रतिनिधिलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो। नेपाल प्रहरीले मात्र नभएर कर्मचारीतन्त्रको माथिल्लो तहबाट पनि उनलाई नेपाल प्रहरीसमक्ष बुझाइदिन आग्रह गरिएको थियो।

तर भारतीय प्रहरीले नबुझाउँदा नेपाल प्रहरीको हातबाट कोइरी उम्किएका थिए। दोस्रोपटक सांसद बनेर प्रतिनिधिसभामा प्रवेश गरेका लामिछानेले शुक्रबार फेरि यस विषयलाई प्रवेश गराएका छन्। लामिछानेले बैठकमा कोइरी वाराणसीमा उनकै सालासँग रहेको थाहा भएको बताउँदै एउटा तस्बिरसमेत मोबाइलमा देखाएका थिए।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीसँग कोइरीलाई हत्या अभियोगमा अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेकाले जसरी पनि फिर्ता गर्न आग्रह गरेको थियो। सो आग्रहप्रति सुरुमा भारतीय प्रहरी सहमत भए पनि कोइरीले भारतीय प्रहरीलाई आफू नेपालको सांसद भएको र नेपालमा आफ्नो पार्टीको सरकार रहेको बताउँदै केही दिनपछि आफैं नेपाल जाने बताएका थिए।

नेपाल प्रहरीका तत्कालीन आइजिपी सिंहले पनि त्यतिबेला गृहमन्त्री रहेका लामिछानेसँग कोइरीलाई ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। ‘सशस्त्र प्रहरीको स्थापना दिवस थियो, त्यही दिन मैले उहाँलाई कोइरी पक्राउ परेको जानकारी गराएको थिएँ, उहाँले त्यतिबेला सुन्नु मात्रै भयो, कुनै उत्तर दिनुभएन। उहाँले पहल गर्नुभएको भए कोइरीलाई त्यही बेला नेपाल ल्याउन सकिन्थ्यो,’ नेपाल प्रहरीको उच्च स्रोतले सिंहलाई उद्धृत गर्दै भन्यो।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो।

संसद् बैठकमा लामिछानेले उनी कसरी भारत गए भन्नेबारे आफूलाई जानकारी रहेको र आवश्यक परे सम्बन्धित निकायलाई उक्त जानकारी दिने बताए पनि आफू गृहमन्त्री भएका बेला प्रहरीले भारतमा कोइरी पक्राउ परेको तस्बिर, प्रमाण सबै पठाउँदा पनि उनी किन मौन बसेका हुन् भन्ने बारेमा केही बोलेनन्। ‘हाम्रो प्रहरीले माघ ९ गते बिहानै उनी बसेको स्थान लोकेट गरेर पक्राउ गरी दिउँसो एसटिएफ अफिस लगेर पाँच घन्टा राखेको थियो, त्यहीबेला नै उच्च तहको पहलकदमी आवश्यक परेको जानकारी गराइएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (तत्कालीन अवस्थामा गृहमन्त्री रहेका लामिछाने) ले कुरा सुन्नु मात्रै भयो, प्रतिक्रिया दिनुभएन।’

कोइरीले वाराणसीस्थित एसटिएफ कार्यालयमा आफू हत्यारा नभएको र मधेसको हितमा लडेको बताएका थिए। उनले मधेसको हितमा लड्नु भनेको भारतको पनि हितमा लड्नु रहेको भन्दै नेपाल प्रहरीसँग नपठाउन र केही दिनमै आफैं जाने बताएपछि एसटिएफले हस्तान्तरण गर्न मानेन। त्यही जानकारी प्रहरी नेतृत्वले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गराएको थियो।
नागरिक दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१