YMM यूरोपियन कमिटिको प्रथम बैठक सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ०३:५७

छबी शर्मा , यूरोप । मातृभूमीका लागि युवा अभियान नेपालको यूरोपियन कमिटिको प्रथम बैठक २१ अप्रिल २०१४ का दिन सामाजिक सन्जाल स्काइप मार्फत सम्पन्न भएको छ ।

यूरोप सम्योजक जगन्नाथ डाडाकटेरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले YMM सँग सम्बन्धित बिभिन्न समसामयिक बिषय बस्तु माथि ब्रिहत छलफल गर्दै आगामी ७ दिन भित्रमा यूरोपियन कमिटीमा ५ सदस्यिय सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेको छ । उक्त बैठकले आगामी ६ महिना भित्रमा यूरोपका सम्पूर्ण देशमा आफ्नो साखा बिस्तार गर्ने लक्ष लिएको जानकारी गराउदै सम्योजक डाडाकटेरीले सम्पूर्ण यूरोपमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई रास्ट्र निर्माणको यो अभियानमा ढुक्क भएर सहभागी हुन आबहान समेत गर्नु भयो ।14042216photo

क्षत्रिय समितीको सल्लाहकारमा कस्ता ब्यक्तीहरुलाई समाबेश गर्नु हुन्छ भनेर सोधिएको प्रश्नमा डाडाकटेरी भन्नु हुन्छ ” बिभिन्न क्षेत्रमा संलग्न सक्षम तथा सामाजिक भावनाले अोतप्रोत भएका देशको लागि केही गर्नु पर्छ भन्ने सचेत राष्ट्रप्रेमी नेपाली जसले यो महान अभियानको लक्ष तथा उद्देस्यलाई आत्मसाथ गर्दै सही सुझाव र सल्लाह दिन सक्छ त्यस्तो ब्यक्तीलाई मात्र समाबेश गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१