मलेसियामा देउसी, भैलोको कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ०६:४७

10606285_580701108741923_5973731651477254961_nप्रदिप राई/  क्वालालम्पुर । मलेसियामा रहेका नेपाली व्यवसायी समाज मलेसिया र आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम आदिबासी जनजाती महासंघका अध्यक्षय आले ब्यवसाय समाज मलेसियाका ईन्द्र लिम्बु दोयको अध्क्षयतामा सम्पन्न भएको छ । दीपावली शुभकामना साँझ नाम दिइएको उक्त कार्यक्रममा मलेसियामा रहेर आफ्नो व्यापार व्यवसाय, पत्रकारिता, समाजसेवाका साथै विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुको भेला भएको थियो । नेपाली राजदूतावासका द्वितीय सचिव उत्तम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासी अलायन्सका अध्यक्ष रमेश तुफान लगायत बिभिन्न जानजाति आदीबासी संघसंस्थाबाट प्रतिनिधित्व रहेको थियो ।
किराँत याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष मोहन थेवे, व्यापारी संघ केलाङका कोषाध्यक्ष जयराम तिमिल्सिना, विश्व नेपाली साहित्य संघ मलेसियाका श्रीजन श्री, तमु समाजका बलबहादुर गुरुङ्ग, तामाङ्ग एककता समाजका दिपक तामाङ्ग, मगरसंघका प्रेम पुलामी, नेपाली प्रवासी संघका चक्र तामाङ्ग, चलचित्र निर्माता प्रकाश खापुङ्ग, प्रवासी सन्देश साप्ताहिक प्रकाशक बिरु पाठक, मेची महाकालिका दिप लिम्बु, अनाम मण्डली मलेसियाका राज ‘अबिरल यात्री’ लगायत विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा मन्तब्य दिने क्रममा ब्याबसाय समाजका उपाध्यक्षय दिपक बोगटी, किरात चुम्लुङका मोहन थेबे, नेपाल दुताबासका उत्तम शाही, लगाएत आदिबासी जनजाती महासंघ मलेसियाका सुन्दर आले ज्यु ले दिनु भएको थियो भने स्वागत मन्तब्य संघका सचिब अमृत लिम्बुले दिनु भएको थियो।
देसी भैलो कार्यक्रम तथा दीपावली शुभकामना साँझका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । नेपालबाट आएका कलाकारको टोलीले कार्यक्रमलाई आफ्नो प्रस्तुतिले मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा अमिर अधिकारी नायिका पूजना प्रधान गायिका मैना रेश्मी मगर हाँस्यकलाकार निरु खड्का गायक मिलन अमात्य लगाएतले आआफ्नो कला गला प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम जीवन देवान ईन्द्र नारथुङे दोय ले सन्चालन गरेका थिए। कार्यक्रम राती ११ बजे सन्चालन भई १ बजे समापन भएको थियो।

प्रतिक्रिया