कतारविरुद्ध नेपालको शानदार जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८०, शुक्रबार ०५:४६

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले शानदार जित दर्ता गरेको छ ।

कतारलाई ६८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेका कतार कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएपछी २५.१ ओभरमा ८९ रनमा अलआउट भयो । कतारका लागि जाहिर इब्राहिम र खुराम शहिदले समान १५ -१५ तथा आमिर फारुखले १४ रन बनाउनु वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

कतारको इनिङस ध्वंस्त पार्न सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ९।१ ओभर बलिङ गरेका लामिछानेले १४ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए ।

त्यस्तै सोमपाल कामीले तीन विकेट लिदाँ ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ४०.३ ओभरमा अलआउट भएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

९ रनमा महत्वपूर्ण दुई विकेट गुमाएको नेपालले त्यसपछी लगातार विकेट गुमाएको थियो ।
नेपाललाई सस्तैमा रोक्ने क्रममा कतारका अमिर फारुखले सर्वाधिक चार तथा ओविस अमिदले तीन विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन ।

नेपालले यो जितसँगै प्रतियोगीताको समूहचरणमा आफ्नो अपराजित यात्रा कायम राख्यो भने कतार जित विहिन बन्दै रित्तो हात घर फर्किन बाध्य भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१