गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी गजल वाचन प्रतियोगिता गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८०, बुधबार ०५:५९

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी गजल वाचन प्रतियोगिता आयोजना गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा यहि वैशाख २३ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीको आरुबारी व्यङ्केटमा आयोजना गर्न लागिएको उक्त प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिने आयोजकले जानकारी गराएको छन ।

साथै प्रतियोगितामा भाग लिन आफ्नो गजल gokarneshwor.shikshya2019@gmail.com मा बैशाख १५ गते भित्र पठाईसक्न समेत आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु. ६० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिने नगरपालिकाले जानकारी गराएको छ ।

कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति समेत रहनेछ । प्रतियोगितालाइ सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।यसैगरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१