नगर प्रमुख रिसाल सहितको टोली द्वारा खहरे खोला निरीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८०, बुधबार ०५:५४

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं १ र २ मा पर्ने जन्तरे खहरे खोला क्षेत्रको नगर प्रमुख दिपक रिसाल सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । प्रत्येक वर्ष वर्षायाममा उक्त क्षेत्रमा बर्षाको कारण स्थानीय पिडित हुदै आएका छन ।

वर्षायाम लाग्नु अगावै उक्त क्षेत्रमा हुने बिपत जोखिमका न्यूनीकरणका लागि के गर्न सकिन्छ त्यसको लागि स्थलगत निरीक्षण गरेको नगर प्रमुखको सचिवालयले जानकारी गराएको छ । निरीक्षणको क्रममा नगर प्रमुख रिसालले स्थानीय संग छलफल समेत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१