रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०८०, मंगलवार १३:१३

काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन् ।

केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ ।एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।श्रेष्ठ रास्वपामा समानुुपातिक कोटामा आएका सांसद हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ । आज सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्तको प्रक्रिया थाल्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१