चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०८०, मंगलवार १२:५३

काठमाडौँ । चितवन २ को मतगणना सम्पन्न भएको छ । चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् ।लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका हुन् । उनले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।

निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१