सन्दीपको मुद्दाको पेशी न्यायाधीश ढकालको इजलासमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०८०, सोमबार १२:०४

काठमाडौँ ११ बैशाख।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ ।नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

नाबालिग बलात्कारका मुद्दामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्दा लडिरहेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१