गण्डकी : मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०८०, आईतवार ०५:२४

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको छ।

मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकबाट शनिबार विश्वासको मत मागेका थिए। तर, उनले विश्वासको मत पाउन सकेनन्।

मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।

नेकपा (माओवादी केन्द्र)ले उनी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि संवैधानिक ब्यवस्थाका कारण अधिकारीले विश्वासको मत मागेका थिए।

अधिकारी गत पुस २५ गते नेकपा (एमाले)सहित, नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१