सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध अदालतमा मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८०, बिहीबार ०५:३०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज फ्युल स्टोरेज ट्यांकको पावर सिस्टम खरिदमा अनियमितता गरेको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उक्त सामग्री खरिदमा मिलोमतो गरी कमिसन लिएर ठेक्का अघि बढाइएको जनाएको छ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड, सीडइ नविन कुमार पोखरेल (मेकानिकल)लाई ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेश प्रसाद पोखरेललाई २० करोड ३८ लाख, शाखा अधिकृत मनिकमान महर्जनलाई ३ करोड ४४ लाख, लेखा अधिकृतबाट सेवानिवृत्त रामबहादुर बुढालाई १९ करोड ८८ लाख रुपैयाँ बिगो तोक्दै मुद्दा दायर गरेको हो।

यस्तै, शाखा अधिकृत शिरिष उपाध्यायलाई ४० करोड, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई २३ करोड ४४ लाख, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ४३ करोड ५७ लाख, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौलाई ८ लाख ६९ हजार रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको छ।

‘खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन विद्युतीय ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देश (कन्ट्री अफ ओरिजिन) भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालन र आपूर्ति पछिको सेवावापतको अग्रिम रकम बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टम खरिद गरिएको,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१