खड्कालाई कानून मन्त्रालयको जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८०, बुधबार ०५:३८

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कानूनमन्त्रीको पनि जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री खड्कालाई तोकेका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले खड्कालाई जिम्मेवारी तोकेका हुन्।

सत्ता गठबन्धनको भागबण्डा अनुसार कानून मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको थियो।

मन्त्रिपिरषद्‍मा कांग्रेसले खड्का नेतृत्वमा सहभागी जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१