लायन्स क्लब अफ काठमाडौँ स्किल डेभलपमेन्टको इन्डक्सन, चार्टर प्रिजन्टेसन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०८०, मंगलवार ०६:३८

काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ स्किल डेभलपमेन्टको इन्डक्सन, चार्टर प्रिजन्टेसन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सिद्दार्थ ब्यान्केट सिमलटारमा लायन्स क्लब अफ काठमाडौँ स्किल डेभलपमेन्टका चार्टर प्रेसिडेन्ट धन प्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्स बालकृष्ण बुर्लाकोटी, GAT एरिया लिडर लायन खगेन्द्र सिटौला पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी ,डिष्ट्रिक ३२५ डी का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा, क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगरपालिकाका प्रशासन प्रमुख भुपेन्द्र बोहोरा,लगायत लायन्स लिडर तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन लायन दिपेन्द्र शाक्यले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पश्मिना बुन्ने तान हाते मेशिन चलाएर उद्घाटन गरेका थिए लायन्स क्लब अफ काठमाडौँ स्किल डेभलपमेन्टले गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा चैत्र २४ गते बाट २९० घण्टे (तीन महिने) तालिम शुरु गरेको छ ।

CTEVT पाठ्यक्रममा अनुसार हुने उक्त तालिममा ३२ जनाले सहभागिता रहेको छ । लायन्स क्लबले नगरपालिका संग सहकार्य गरि गरेर वर्ष भरि नै शिप सिकाउनुको साथै नेपाल पश्मिना संघका व्यवसायी संग समन्वय गरि रोजगारी दिने उदेश्यका साथ लायन्स क्लबले तालिम शुरु गरेको चार्टर प्रेसिडेन्ट लायन धनप्रसाद लामिछानेले जानकारी गराएका थिए।

सोहि कार्यक्रम कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी का डिस्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठले क्लबका पदाधिकारीहरुलाई सपथ गराउदै लायन वादको मूल मर्म अनुरुप अघि बढ्न अनुरोध गरेका थिए । लायन्स क्लब अफ काठमाडौँ स्किल डेभलपमेन्टले छोटो समयमा नै आफुलाई अब्बल क्लब साबित गर्नेमा आफु आशाबादी रहेको बताएका थिए। उनले क्लब सदस्यहरुलाई सपथ समेत गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले खुसि ब्यक्त गर्दै नगरले स्वरोजगार बनाउनको लागि बिभिन्न शिपमुलक तालिमहरु संचालन गर्दै आएको बताए ।उनले स्वास्थ्य शिक्षा तथा पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको पनि जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, बिशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्स बालकृष्ण बुर्लाकोटी,GAT एरिया लिडर लायन खगेन्द्र सिटौला पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी ,डिष्ट्रिक ३२५ डी का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ, लगायतलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा बिशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्स बालकृष्ण बुर्लाकोटी,GAT एरिया लिडर लायन खगेन्द्र सिटौला पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी ,डिष्ट्रिक ३२५ डी का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा, क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य, लायन किशोर भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१