अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्छ : अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०८०, मंगलवार ०६:०२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान भएको तर सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा महतले अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान भएको तर सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ। तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं। अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्छ।’

यस्तै, उद्योग वाणिज्य महासंघको नेतृत्व बैंकरको हातमा पुगेको भन्दै अर्थमन्त्री महतले भने, ‘देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१