प्रधानमन्त्री दाहाल २२ गते भारत भ्रमणमा जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८०, सोमबार ०६:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही बैशाख २२ गते भारत भ्रमणमा जाने भएका छन् । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल बैशाख २२ गते भारत जान लागेका हुन् । यसअघि पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको कुरा आएको थियो । तर, विविध कारणले उनको भ्रमण हुन सकेको थिएन । अहिले भारत भ्रमणको तयारीको लागि नै भनेर प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका छन् । आजै उनले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भेटेर भ्रमणको निम्तो बुझाइसकेका छन् । गत पुष ११ गते प्रधानमन्त्रीको सपथ खाएका दाहालको यो कार्यकालमा पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्री दाहाले पनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालिएको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१