उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८०, सोमबार ०६:०४

काठमाडौं । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।

राष्ट्रपति पौडेलले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को निर्णय र प्रधानमन्त्री दाहालले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको सचिवालयले जनाएको हो।

बैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१