को हुन् नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८०, सोमबार ०५:५०

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आइतबार मात्रै परराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका साउद पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत मानिन्छन्।

सभापति देउवाकै गृहजिल्ला डडल्धुरामा विसं २०१९ साल श्रावण २५ गते बिहीबार जन्मेका साउद हाल कञ्चनपुरका स्थायी बासिन्दा हुन्।

स्वर्गीय खड्गसिंह साउद र स्वर्गीय कौशिल्या देवी साउदका छोरा रहेका मन्त्री साउद हाल कञ्चनपुरको शु्क्लाफाँटा नगरपालिका-६ का स्थायी बासिन्दा हुन्।

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र र समाजशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका साउदले सन् १९८० देखि कांग्रेसको भातृसंगठन नेपाल विधार्थी संघबाट राजनीतिको सुरुवात गरेका हुन्।

नेविसंघको क्याम्पस सचिव, केन्द्रीय सदस्य रहँदै साउद नेविसंघको केन्द्रीय सभापतिसमेत भइकेका छन्।

सन् १९९४ मा पहिलो पटक संसदीय यात्रा सुरु गरेका साउद संसद्को सार्वजनिक लेखा समिति सदस्यरहँदै संसदका विभिन्न समितिहरुमा रहिसकेका छन्।

साउद सन् २००१ देखि २००२ सम्म शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका थिएभने सन् २०१४ देखि २०१६ सम्म सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१