महासंघको कोषाध्यक्षमा प्रवलजंग पाण्डेको उम्मेदवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार १७:०८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा युवा व्यवसायी प्रवलजंग पाण्डेले उम्मेदवारी दिएका छन् ।

महासंघको गत चैत २९ र ३० गते भएको ५७औं वार्षीक साधरणसभामा एसोसिएट तर्फबाट ११२८ मतसहित कार्यसमिति सदस्यमा निर्वाचित पाण्डले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट कोषाध्यक्ष पदमा उम्मेवारी दिएका हुन् ।

कोषाध्यक्ष पदका उम्मेदवार पाण्डे सफल उद्यमीको रुपमा परिचित छन् । उनको पर्यटन,बैंकतथा विमा लगायतको क्षेत्रमा लगानी रहेको छ।

कोषाध्यक्ष पदमा पाण्डेसँगै,निरक केसी,गोपाल खनाल र सन्दीप गेडियाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१