नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार १७:०६

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन् । उनले सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए । साउद आजै (आइतबार) मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् ।

शितलनिवासको सपथ सकिएलगत्तै सिंहदरबारमा आएर पदभार गरेका मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने बताएका हुन् ।

उनले भने,‘हामी प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’ उनले नेपालले विश्वभरिका देशसँग सुमधुर सम्बन्ध राख्ने पनि विश्वास दिलाए । त्यसमा पनि छिमेकीसँग आगामी दिनमा अझै घनिष्ठ सम्बन्ध कायम राख्ने उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१