स्व. गायिका छन्त्यालकाे परिवारलाइ युकेबाट सहयोग र घुम्टे घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे अन्तिम तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार ०६:२०

सुरेश छन्त्याल/ गलकाेट। स्व. गायिका निरा छन्त्यालकाे परिवारलाइ पाण्डबखानी समाज युकेद्धारा सहयोग रकम  हस्तान्तरण भएको छ। पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ठ उपाध्यक्ष खड्क बहादुर थापाकाे नेतृत्वमा संकलित साेहि रकम रु १ लाख ७५ हजार ३ सय ३५ रुपियाँ समाजका अध्यक्ष खड्क बहादुर थापाले स्व. गायिकाकि बाबा, माइलि दिदी र भेनाजु लाई हस्तान्तरण गर्नुभएकाे थियाे।

संस्थाले समाजको सर्वांगीण हमेशा चिन्ता चासो व्यक्त गर्नु भयो। भने साेहि कार्यक्रममा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले भव्यताका साथ मनाउन गइरहेकाे २५६७ औं वाैद्व जयन्ती तथा ३७ औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेला भव्यताका साथ सफल पार्नकाे लागी अन्तिम तयारी बैठक सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतामा बसेकाे बैठकमा पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ठ उपाध्यक्ष खड्क बहादुर थापालाई कल्बले स्वागत तथा सम्मान समेत गरेकाे थियाे। कार्यक्रम बाेल्दै अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ठ उपाध्यक्ष खड्क बहादुर थापाले हामी प्रवासमा रहेपनि आफ्नै गाउँ ठाउँ प्याराे लाग्ने र जुनसुकै पनि समाजिक कार्यका लागि समाज र व्यक्तिगत रुपमा सधै साथ र सहयाेग गर्ने प्रद्धिबद्धा गर्नु भएको छ । क्लबको तर्फ देखि पाण्डवखानी समाज बेलायत को उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१