यो वर्ष विहे गर्ने नायिका पूजा शर्माको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार ०६:०३

काठमाडौं । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् ।

यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिँदै छु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ’ उनले थपिन् ।

शर्मा नेपालको एक चर्चित र सफल अभिनेत्री हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१