आइपीएल : दिल्लीको लगातार पाँचौ हार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार ०५:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई हराएको छ।

शनिबार भएको खेलमा बेंग्लोरले दिल्लीलाई २३ रनले हराएको हो।

बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

यस सिजनको चौथो खेलमा दोस्रो जित हात पारेको बेंग्लोर अंक तालिकाको सातौं स्थानमा रहेको छ।

दिल्ली पाँचौ खेल खेलिसक्दा पनि अंकविहिन हुँदै तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०