काठमाडौं महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली लागू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८०, शनिबार ०५:३२

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको छ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने महानगरले बताएको छ ।

त्यसैगरी,संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिने महानगरले जनाएको छ । यसले पहिले २ देखि ३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने महानगरको दाबी छ ।

यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका सुविधाहरु सुधार गरिएको बताइएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१