एक हजार बर्षपछी यस्ता हुनेछन् मान्छे (फोटो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७१, आईतवार १९:३७

evolution-3000-ad-279x340

अबको हजार बर्ष पछी मानिस कस्ता देखिएलान? क्रम बिकासको सिद्दान्तलाई मान्ने हो भने मानिसको शारीरिक स्वरुपमा पक्कै केही न केही परिवर्तन आउने नै छ । बेलायतको एक पत्रिका ‘द सन्’मा प्रकाशित एक लेख अनुसार मानिसको शरीरको संरचना सम्बन्धि अध्ययन गर्ने विज्ञहरुले गरेको अनुसन्धान अनुसार अबको एक हजार बर्ष अर्थात् सन् ३००० सम्म मा मानिसको शारीरिक ढाँचामा व्यापक परिवार्तन हुनेछ । जस अनुसार प्रमुख रुपमा मानिसको दिमाग र पेटको आकार सानो हुने तथा सरिरमा चाउरीको मात्र बढ्ने छ भने अन्डकोष सानो हुनेछ ।

विज्ञहरुका अनुसार  खानामा प्रयोग गरिने पोषक तत्व तथा औसधिको प्रभावले शरीर ६-७ फिट सम्म अग्लो हुनेछ, सन् १९६०को तुलनामा अमेरिकी नागरिकको को औसत उचाई १ इन्च भन्दा बढी हुनुले पनि यसको पुस्टि हुने उनीहरुको भनाइ छ ।

evolution-3000 ad

अनुसन्धानमा संलग्न एक डाक्टर फिलिप इस्ट्यामर का अनुसार मानिसको पाचन प्रणाली तथा अन्द्रहरुको लम्बाई छोटो हुनेछ जसले गर्दा धेरै चिल्लो र गुलियो शरीरमा जानबाट रोकिनेछ । साथै उनको अनुसार पुरुषको अन्डकोषको आकार पनि सानो हुनेछ ।

त्यस्तै, मानिसको हात र औंला निकै लामा हुनेछन् यसो हुनुको पछाडी जटिल उपकरणको प्रयोग गर्नु प्रमुख कारण हुनेछ भने दिमाग निकै सानो हुनेछ । नेचुरल हिस्ट्री म्युजियमका क्रिस स्ट्रिनगरका अनुसार – ‘सम्झिने काम कम्प्युटरले नै गर्ने हुनाले मानिसको दिमाग निकै सानो हुनेछ ।’

यती धेरै परिवर्तन हुँदा पनि मानिसको नाकको आकारमा भने धेरै परिवर्तन नआउने अनुमान छ । मानिसको खाने शैलीमा आउने परिवर्तनले दाँतको संख्यामा कमि आउने विज्ञहरु बताउछन् । हिटर जस्ता उपकरणको प्रयोगले भने मानिसको शरीरमा हुने रौँ को संख्या मा पनि कमि आउने अनुमान गरिएको उक्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१