ब्याजदर घट्ने निर्णयको प्रभाव : एकैदिन ९२ अंकले बढ्यो नेप्से

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७९, बिहीबार ०६:०८

काठमाडौं । सेयर बजारमा आज सबैतिर हरियाली छाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै लगानिकर्ताहरु शेयर बजारमा आर्कषित हुँदा आज एकैदिन नेप्से ९२.२२ अंकले वृद्धि भएर १९६३.५५ अंकमा पुगेको छ ।

लगातार ओरालो लागिरहेको सेयरबजारमा बुधबार नेपाल बैंकर्स संघले गरेको निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णयको सकारात्मक प्रभाव देखिएको हो। सो निर्णयसँगै बजार ४.९३ प्रतिशतले उकालो लागेको हो। कुनै पनि कम्पनीका लगानीकर्ताले गुमाएका छैनन्। सबै २१८ कम्पनीको सेयर मूल्य बढेको हो।
६० लाख कित्ता बरावरको कुल १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१