पत्नी निकितालाई लभ यु भन्दै रविले भने : पिर नगर, हामी जित्नेछौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७९, बिहीबार ०६:०४

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा कोर टिमको नाममा लामिछानेकी पत्नी निकिताको पनि नाम मुछिएर समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले निकितासँगको तस्विर साझा गर्दै लभ यु भनेका छन् । र, बिना कारण निकिताले सहनुपरेको बद्नामी र तनावप्रति कायरहरुको तर्फबाट आफूले क्षमा मागेको पनि लामिछानेको भनाई छ । उनले पिर नगर्न निकितालाई ढाडस दिएका छन् । उनले आफूहरु घेराबन्दी तोडेर जित्नेपनि दाबी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

क आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय Nekita Poudel Lamichhane बिना कारण तिमीले सह्नु परेको बद्नामी र तनाव प्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं। I Love you. ❤❤

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१