रबि भन्छन्, ‘ढाकाकुमारले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७९, बिहीबार ०५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्ना सांसद्‍ ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको खुलासा गरेका छन्।

बुधबार पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सांसद्‍ श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको खुलासा गरेका हुन्।

उनले भने, ‘उहाँले मेरो अडियो होइन भन्नुभयो। मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो।…तर, म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको छ। उहाँले कुन मानसिकताले भन्नुभएको हो।’

तर, आफूलाई कोर टिमबारे कुनै जानकारी नभएको लामिछानेले दाबी गरेका छन्।

रास्वपाले अडियो प्रकरणमा मुछिएका सांसद् श्रेष्ठलाई सांसद् र पार्टीको साधारण सदस्यताबाट पनि निष्काशित गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१