नेपालको अर्थतन्त्र सुधारोन्मुख, वित्तीय क्षेत्र सुरक्षित : गभर्नर अधिकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७९, बुधबार ०६:१५

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित भएको दाबी गरेका छन्।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित भएको दाबी गरेका हुन्।

उनले बैंक तथा वित्तिय क्षेत्रलाई सानो धक्काले असर नगर्ने र पुँजी पर्याप्तता बढी नै भएको उल्लेख गरे।

उनले भने, ‘चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ। गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ। शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१