देउवा भन्छन्, ‘कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने सम्भावना छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७९, बुधबार ०६:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने सम्भावना रहेको दाबी गरेका छन्।

राजधानीमा मंगलबार आयोजित शिक्षक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने सम्भावन रहेको दाबी गरेका हुन्।

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्नसक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो। तर अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन। तैपनि भोलि हामी सबै मिलेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ।’

प्रतिक्रिया