MBL_Ad

गोकर्णेश्वर नगरपालिकाका सस्थागत विद्यालयमा स्टाफ नर्स राख्न निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७९, मंगलवार १७:५५

काठमाडौं ।  गोकर्णेश्वर  नगरपालिकाले मापदण्ड पूरा गरेका सस्थागत  विद्यालयमा स्टाफ नर्स राख्न निर्देशन दिएको  छ । आज बसेको गोकर्णेश्वर नगर शिक्षा समितिको बैठकले गोकर्णेश्वर  नगरपालिकाले बर्गिकरण गर्दा क, ख, र ग श्रेणीमा परेका विद्यालयहरुले आ – आफ्नो विद्यालयमा (pcl nursing) स्टाफ नर्स राखी शिक्षा युवा तथा खेलकुद शाखामा जानकारी गराउन निर्देशन दिएको नगर प्रमुख दिपक कुमार रिसालले बताउनुभयो।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत विद्यालयमा स्टाफ नर्स नियुक्त गर्न बैठकले निर्णय गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव डण्डपाणी शर्माले जानकारी दिनुभयो। विद्यार्थीको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिने कार्यक्रम अनुसार  नगर भित्र ७५  वटा सस्थागत  विद्यालय छनौटमा परेका हुन ।

नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन ।

प्रतिक्रिया