गठे संस्कृतिले देश ओरालो लाग्यो– ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७९, मंगलवार ०६:०६

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संस्कृतिले देश निरन्तर ओरालोतर्फ लागेको टिप्पणी गरेका छन् । पार्टी निकट भातृ संगठन राष्ट्रिय युवा संघको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको बताएका हुन् । अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उनको टिप्पणी छ ।

‘गठे संस्कृति, यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने खाल्को स्थिति बनाएको छ । यस्ता समस्याहरु छन् । यसले देशलाई ओरालो लगाएको छ,’– उनले भने ।

देशलाई ओरालो लाग्नबाट रोकेर सही बाटोमा देशलाई अगाडि लान सकिन्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदाको छोटो अवधिमै प्रमाणित गरेर देखाएकोसमेत उनले दाबी गरे ।

पछिल्ला तीन वर्षहरुमा एमालेकाविरुद्ध विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आक्रमण गरिरहेको पनि उनले बताए । आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको पनि उनको टिप्पणी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१