चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा यस्तो अवस्था हुँदापनि मान्छे भक्त भएर कुदिराखेका छन् : रेनु दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७९, मंगलवार ०६:०३

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी छिन्।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै मेयर दाहालले रास्वपाका सभापति लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी हुन्।

‘यसो हेर्छु, अचम्म लाग्छ…रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या…। त्यसमापनि महिला दिदीबहिनीहरू छन्। चार-चारवटा श्रीमती बिहे गरेको छ। दुई-दुईवटा नागरिकता छन्। अहिले त दुई करोडका कुरा पनि आइसके। सबै चिजमा छलाङ छ। उल्टो मति उल्टो गति…यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ,’ उनले भनिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१