ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुन्छ: गृहमन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार १२:३१

काठमाडौँ २७ चैत । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा सार्वजनिक भएको अडिओबारे छानबिन हुने बताएका छन्।

सोमबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुने बताए।

उनले यो विषयमा अनुसन्धान एउटा र अर्को विषय भनेको सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए।

रास्वपाले सांसद श्रेष्ठलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने रास्वपाको चेतावनी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१