नेपाल रग्बी संघ मिडिया कमिटी गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार ०६:५८

काठमाडौं। नेपाल रग्बी संघ अन्तर्गत मिडिया एण्ड कभरेज कमिटी गठन गरिएको छ। संघका कोषाध्यक्ष जे.बि.दीपक अधिकारीको संयोजकत्वमा एघार सदस्यीय कमिटी गठन गरिएको छ।

संघका केन्द्रीय महासचिव गोविन्द घिमिरे, विजय खड्का, बासुदेब लगायत उपस्थितिमा कमिटीको पहिलो बैठक पनि बसेको हो। कमिटीले रग्बी खेललाई कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने विषयमा पाँचवटा एजेन्डामा छलफल गरेको थियो।

अब हुने खेलमा मिडिया संग सहकार्य गरि भएका गतिविधिहरुमा तिब्रता दिने ,खेललाई सबैमाझ परिचीत गराउने ,आगामी कार्यक्रमको तयारिका साथ बार्षिक क्यालेन्डर तयार गर्ने,प्रदेश कमिटी गठन गर्ने र प्रचारप्रसारलाई जोड दिने  बिषयमा वैठक केन्द्रित रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१