छोराछोरीले छोडेर गएपनि घरघरमा चार हजार ल्याइदिन्छौं : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार ०५:५९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सरकार बनेपछि जेष्ठ नागरिकलाई घरघरमा भत्ता ल्याइदिने बताएका छन् । धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले साहारा नहुनेका लागि एमाले साहारा भएको बताएका हुन् ।

‘तपाईँका छोराछोरीहरु अमेरिका, मलेसिया र खाडीका देशहरुमा जानसक्छन्, अथवा कतै जानसक्छ । छोराछोरीले छोडेर गएभनेपनि एमालेले तपाईँलाई घरघरमा चार हजार रुपैयाँ पुर्याउँछ । एमाले देश छोडेर जाँदैन,’– उनले भने ।

साथै, जेष्ठ नागरिकका लागि भत्ताको व्यवस्था एमालेको पालामा भएको पनि उनले सहभागीहरुलाई स्मरण गराए । ‘हाम्रो देशमा केही मानिसको पेन्सन छैन । जेष्ठ नागरिक भएपछि जिविकाको बाटो हुँदैन । कसैको साहरा होला, कसैको नहोला । त्यसकारण हरेक देशको नागरिकले ज्युने साहरा पाउन पर्छ भनेर हामीले पेन्सन भएकाले पेन्सन खानुस्, पेन्सन नभएकाले जेष्ठ नागरिक भत्ता खानुस भनेर बुढाबुढीलाई सम्झेर चार हजार रुपैयाँ घरघरमा पर्याउने नेकपा (एमाले) हो,’– उनले भने ।

एमालेको सरकार नबनेसम्म देश नबन्ने पनि उनको दाबी छ । एमालेको सकार कुनै बाह्य तत्वले बनाउने नभई जनताले नै बनाउने उनको भनाई थियो । ‘एमालेको सरकार नबनेसम्म यो देश बन्दैन । एमालेको सरकार कसले बनाइदिन्छ । कुनै बाह्य तत्वहरुले एमालेको सरकार बनाउने होइन । तपाईँहरुले नै हो एमालेको सरकार बनाउने,’– ओलीले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१