काठमाडौँ २६ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासको तेस्रो नम्बरमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको हो ।
यसअघि लगातार दुई पटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो । पहिलो पेसीमा सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।
एक नाबालकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया