सुनकाे मुल्यमा सामान्य गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७९, शुक्रबार १२:०४

काठमाडौँ २४ चैत । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१