वर्ल्ड म्याराथुन धावक भरत गिरीलाई गोकर्णेश्वर नगरपालिकाको बिदाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७९, शुक्रबार ०६:१६

काठमाडौँ । नेदरल्यान्ड हुन गइरहेको वर्ल्ड म्याराथुनमा भाग लिन जाने खेलाडीलाइ बिदाइ गरिएको छ । १६ अप्रिलमा नेदरल्यान्ड हुन गइरहेको वर्ल्ड म्याराथुनमा भाग लिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी म्याराथुन धावक भरत गिरीलाइ एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, नगर प्रवक्ता नारायण सुवेदी, युवा तथा खेलकुद समिति अध्यक्ष सञ्जय लामा लगायतले उत्कृष्ट प्रदर्शन सहित जितको शुभकामना सहित बिदाइ गरेका हुन ।

बिदाइ गर्दै नगर प्रमुख दिपक कुमार रिसालले खेलाडी धावक भरत गिरीलाइ नेपाल र गोकर्णेश्वर नगरपालिकाको नाम राख्ने गरि उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर र्फकन शुभकामना दिएका  थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१