बागमती नदी पिडितको आवाज संसदमा उठाउदै सांसद सन्तोष चालिसे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७९, शुक्रबार ०६:१२

काठमाडौं  ।काठमाडौँ क्षेत्र नं –३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले बाग्मती नदी सभ्यताको व्यवस्थित विकासका लागि २७ वर्षअघि अघिग्रहण गरिएको जग्गाको मुआब्जा तत्काल स्थानीयलाई वितरण गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।बागमती नदीलाई ढलमुक्त र स्वच्छ बनाउन २७ वर्षअघि २०५२ सालमा अधिकार सम्पन्न बागमती सभ्याता एकीकृति विकास समितिको गठन भइ समितिले पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म ५ किलोमिटर क्षेत्रमा दुवैतिर ढल हाली बागमती स्वच्छ बनाउने काम सुरु गरेको जानकारी गराएका थिए ।

उनले यसका लागि स्थानीयको जग्गा अधिग्रहण गरेर त्यसताका १५ मिटर चौडाइको रुटमा बगिरहेको बागमतीको चौडाई ७५ मिटर बनाइएको जानकारी गराउदै बागमतीको बहाब रुट फराकिलो बनाउन त्यसताका समितिले थप ७ सय ८ रोपनी जग्गा अघिग्रहण गरेकोमा १८८ रोपनी जग्गाको मुआब्जा अझै स्थानीयले नपाएको उनले जानकारी गराएका थिए ।

२०२१ सालको नापीमा त्यस क्षेत्रमा पर्ने बागमती नदीले १८३ रोपनी ६ आना ओगटेको बताउदै थप जग्गा अधिग्रहण गरेपछि हाल बागमतीले ८ सय ९२ रोपनी १ आना जग्गा ओगटेको जानकारी गराए । यसका लागि २७ वर्षअघि थप ७ सय ८ रोपनी जग्गा अघिग्रहण गर्दै ५२० रोपनी जग्गाको मुआब्जा पनि वितरण गरिएको तर, बाँकी १८८ रोपनी ५ आना जग्गाको मुआब्जा अझै नपाएको जानकारी गराएका थिए ।

स्थानीयले आफ्नो जग्गाको मुआब्जा लिन ३ पुस्ते लडाइँ लडिरहेको बताउदै हजुर बुवा देखि अहिलेको नातीपुस्ता समेत त्यही मुआब्जा पिडित बनेको धारणा राखेका थिए ।उक्त जग्गाको मुआब्जा वितरणका लागि सरकारी निकायले सबै प्रक्रिया पूरा गरेको भए पनि सरकारले अझै मुआब्जा वितरणमा उदासिनता देखाएको भन्दै उनले आपत्ति जनाएका थिए ।गाविस अध्यक्ष, देखि गोकर्णेश्वर प्रमुख हुँदा समेत आफुले उक्त जग्गाको मुआब्जा वितरणका लागि धेरै पहल गरेको स्मरण गर्दै अहिले सांसद बन्दा पनि उक्त जग्गाको मुआब्जा स्थानीयलाई दिलाउन पहल गरि नै रहनु परेको दुखेसो पोखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१