राजनीतिक बन्दीहरूको रिहाइका लागि १० दलीय गठबन्धन दल सहमत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७९, शुक्रबार ०५:४९

काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।

साथै, झुठा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूको रिहाइका लागिसमेत गठबन्धनका दलहरु सहमत भएका छन् ।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका
अवसर र पुनस्र्थापन सम्बन्धी कार्य गर्ने सरकारका न्यूनतम् नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१