दार्चुलामा १८ वर्षीया किशोरीले गरिन झुण्डिएर आत्महत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७९, बुधबार ०६:०१

दार्चुला । दार्चुलामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका-७ खालीडाँडाकी १८ वर्षीया पूजा बिष्टले मंगलबार दिउँसो करिब ४ बजे घर नजिक्कैको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक बिरेन्द्रसिंह थापा नेतृत्वको टोली घटना स्थलमा गएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

मृतक किशोरी विवाहीत रहेको खुल्नमा आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१