बागमतीमा मन्त्रिपरिषद् विस्तार अड्कियो, आधा बढि मन्त्रालयमा कांग्रेसको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७९, बुधबार ०५:५९

काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिएको लामो समयसम्म पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

नेपाली कांग्रेसबाट बागमतीमा मुख्य सचेतक रहेका कुन्दनराज काफ्लेले गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारकोबारेमा छलफल भइरहेको बताए । अबको एक दुई दिनभित्र प्रदेश सरकारले पूर्णता पाउने उनको दाबी छ । कांग्रेसले प्रदेश सभामा सात वटा मन्त्रालयको दाबी गरेपनि अन्तिम सहमति छ वटा मन्त्रालयमा हुनसक्ने उनले बताए ।

‘मन्त्रिपरिषद् विस्तारको अन्तिम–अन्तिम स्वरुप आउँदैछ । हामीले सात वटा मन्त्रालयमा दाबी गरेको हो । कम्तिमा पनि छ वटा मन्त्रालय चाहिन्छ भन्ने हाम्रो लाइन हो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै काफ्लेले भने ।

प्रदेश सभामा प्रतिनिधित्व गरेको दलहरुलाई सांसद संख्याको आधारमा मन्त्रालय दिने तयारी रहेको पनि काफ्लेले बताए । कांग्रेसले कुन–कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने कुरा पनि छलफल भइरहेको उनले बताए ।

‘दलहरुबाट सांसद संख्याको आधारमा मन्त्रालय पाउने सहमति भएको छ । कुन–कुन मन्त्रालय हामीलाई दिने भन्ने बारेमा छलफल भइरहेको छ । एक दुई दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’– काफ्लेले भने ।

बागमती प्रदेशमा सरकारमा सहभागी रहेका दलहरु नेपाली कांग्रेसका ३७, नेकपा (माओवादी केन्द्र) का २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१