“वैदिक कर्मकाण्ड पद्धति भाग २” नामक पुस्तक विमोचन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७९, मंगलवार ०६:१२

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकामा “वैदिक कर्मकाण्ड पद्धति भाग २” नामक पुस्तक विमोचन गरिएको छ ।  गोकर्णेश्वर नगरपालिका धार्मिक समितिले एक कार्यक्रमका बीच “वैदिक कर्मकाण्ड पद्धति भाग २” नामक पुस्तक विमोचन गरेको हो ।

धार्मिक समितिका अध्यक्ष डा. दिवाकरप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक रिसाल बिशेष अतिथि उपप्रमुख सान्नानी लामा प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण सुवेदी वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा नं ४ का वडा अध्यक्ष जयराम महत प्राध्यापक डाक्टर ऋषिराम पोखरेल लगायतले उक्त पुस्तक बिमोचन गरेका हुन ।

कार्यक्रममा समाजसेवी दीपक सिंह भण्डारी, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले प्राध्यापक डाक्टर ऋषिराम पोखरेल र वेदान्त दर्शन विषयमा विद्यावारिधी गरेका डा. दिवाकरप्रसाद भण्डारीलाई दोसल्ला ओडाएर प्रशंसापत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा धार्मिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाइ प्रमुख अतिथि नगर प्रमुख दिपक रिसाल बिशेष अतिथि उपप्रमुख सान्नानी लामा नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी , वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा नं ४ का वडा अध्यक्ष जयराम महत समाजसेवी दीपक सिंह भण्डारी, प्राध्यापक डाक्टर ऋषिराम पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१