खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणका लागि बृहत छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७९, मंगलवार ०६:०९

काठमाडौं,चैत्र २०।

काठमाण्डौ जिल्लाका दुई निर्वाचन क्षेत्र र तिन पालिका जोड्ने साझा सडकका रुपमा रहेको खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणका लागि बृहत छलफलको आयोजना गरिएको छ।

काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ र ४ मा रहेका काठमाण्डौ महानगरपालिका , गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको साझा सडकका रुपमा रहेको खरिबोट-त्रिबेणी चोक-जगडोल सडक निर्माणका लागि खरिबोट -त्रिबेणी चोक उपभोक्ता समितिले आयोजना गरेको तेश्रो भेलामा जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेका छन।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे , शान्ति श्रेष्ठ , प्रदेस सभा सदस्य छिरिङ दिर्जे लामा र जयराम थापा,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल लगायतले पर्यटकीय र आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो सडक निर्माणका लागि सक्रिय पहल थाल्ने प्रतिवदत्ता व्यक्त गरेका हुन।

करिव १ अर्ब लागत अनुमान गरिएको २१ सय मिटर भन्दा बढी लम्बाई रहेको ३२ फिटे सो सडक चावहिल – चुच्चेपाटी – जोरपाटी -सुन्दरीजल सडकको बैकल्पिक सहयोगी मार्ग रहेको भन्दै छलफल कार्यक्रममा स्थानीय ,प्रदेस र संघीय सरकार संग समन्वयका लागि साझा संयन्त्र बनाउने वारेमा पनि छलफल गरिएको थियो।

खरिबोट -त्रिबेणी चोक उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र बुढाथोकीले संचालन गरेको उक्त छलफल कार्यक्रममा सो सडकले जोड्ने तिनै पालिकाका वडाहरुका अध्यक्ष तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१