पर्यटनदूत नै खारेज गरिदिए पर्यटन मन्त्री किराँतीले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७९, मंगलवार ०५:४०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले पर्यटन दूत पद नै खारेज गर्ने निर्णय गरेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालको पर्यटन विकासमा टेवा पुगोस भन्ने उद्देश्यले यसअघि पर्यटन दूतको नियुक्ती दिने गरिएको थियो ।

तर, पछिल्लो समय सो नियुक्ती लिएकाहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने गरेको समाचार आउन थालेपछि मन्त्री किराँतीले उक्त नियुक्ती नै खारेज गरिदिएका छन् । मन्त्री किराँतीले एकपछि अर्को गरेर जनपक्षीय काम गर्दै आएका छन् । पर्यटन क्षेत्रको विकास गर्नेदेखि नेपालको संस्कृतिको सरंक्षण एवम् प्रर्वद्धनमा उनको कदम सराहनीय छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१